अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बोलायो विशेष बैठक, अध्यक्ष ओलीले सम्बोधन गर्ने 

एमालेले बोलायो विशेष बैठक, अध्यक्ष ओलीले सम्बोधन गर्ने 


काठमाडौँ–प्रमुख प्रतिपक्षी नेकपा एमालेले विशेष बैठक बोलाएको छ । बैठक भोलि मसिंर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने भएको हो । 

बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई बोलाइएको एमालेले जनाएको छ । 

बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ । बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।  

एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले आगामी मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौँमा जनप्रदर्शन गर्दैछ ।  

सामाजिक अभियन्ता दुर्गा प्रसाईँले पनि सोही दिन काठमाडौँमा प्रदर्शन गर्ने तयारी गर्नुभएको छ ।