काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको ९५ औं जन्मदिन ओली निवासमा बालकोटमा मनाइएको छ ।
७२ वर्षीय अध्यक्ष ओलीले केक काटेर आफ्ना बुबाको जन्मदिन मनाउनुभएको हो । बुबाको जन्मदिन मनाएका केही तस्विरहरु सामाजिक सञ्जालमा राखद्यै अध्यक्ष ओलीले बुबा मोहनप्रसाद ओली ९५ वर्ष पुगे पनि स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गर्नुभएको छ । उहाँले उल्लेख गरे अनुसार ९५ वर्षीय मोहन प्रसाद ओली आँखा राम्रोसँग देख्नुहुन्छ,कान अलि कम सुन्नुहुन्छ । राम्रोसँग हिडँडुल गर्न सक्नुहुन्छ । स्मरण शक्ति धेरै राम्रो छ ।
अध्यक्ष ओली राधिका शाक्यले ससुराको जन्मदिन मनाउने तारतम्य मिलाउनुभएको हो ।
अध्यक्ष ओलीले बुबालाई केक खुवाउनुभएको छ । एमाले महासचिव शंकर पोखरेल लगायत परिवारका सदस्यहरुले मोहनप्रसाद ओलीको सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
९४ वर्षको उमेरमा पनि आफ्ना बुबाको स्वास्थ्य अवस्था तन्दुरुस्त रहेको बताउदै अध्यक्ष ओलीले बेला बेला आफू जवान रहेको बताउने गर्नुहुन्छ ।









प्रतिक्रिया