अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पर्यटन प्रवर्द्धन गर्न साइकल टोली पोखरामा

पर्यटन प्रवर्द्धन गर्न साइकल टोली पोखरामा


गण्डकी-‘सामुदायिक होमस्टे, हाम्रो संस्कार र परम्परा’ नाराका साथ ‘साइकल सिटी भैरहवा’को टोली शनिबार पर्यटकीय नगरी पोखरा आइपुगेको छ । हरेक वर्ष तिहारको भाइटिकाको भोलिपल्ट साइकल यात्राका माध्यमबाट आन्तरिक एवं साइकल पर्यटनसँगै स्थानीय उत्पादनको प्रचारप्रसार गर्न टोली पोखरा आएको हो ।

यसवर्ष विशेषतः मगर र गुरुङ घरवाससँगै पर्यटकीय नगरी पोखराको प्रचारप्रसार गर्ने उद्देश्यका साथ १४ सदस्यीय टोली कात्तिक ३० गतेदेखि रुपन्देही सिद्धार्थनगरबाट साइकल यात्रामा निस्केको साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारू मगरले जानकारी दिनुभयो । टोलीले साइकल यात्रा गर्दै वालिङस्थित मगर जातिको बाझकोट होमस्टे, स्याङ्जास्थित गुरुङ जातीको सिरूवारी होमस्टे हुँदै पोखरा आइपुगेको उहाँले बताउनुभयो । 

विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध व्यक्ति सहभागी टोलीले साइकल यात्राका माध्यमबाट नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा देखाएको चासो निकै सकारात्मक रहेको पर्यटन व्यवसायी डिल्लीराज पाण्डेले बताउनुभयो । टोलीले यसअघि अर्घाखाँचीको सुपादेउराली, पाल्पाको रानीमहल र व्यास नगरपालिकाको मानुङकोट पनि साइकलबाटै यात्रा गरिसकेको छ ।