अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले भक्तपुरको नारा ‘मंसिर ७,सबैको साथ’

एमाले भक्तपुरको नारा ‘मंसिर ७,सबैको साथ’



भक्तपुर -नेकपा एमाले भक्तपुरले मंसिर ७ गतेको विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन नारा तय गरेको छ ।
आज विबहान सूर्यविनायकमा भएको बिस्तारित भेलाले ‘मंसिर ७,सबैको साथ’ भन्ने नारा तय गरेको हो ।
भेलामा पार्टीका पोलिटव्यूरो सदस्य महेश बस्नेत,बागमती प्रदेशका अध्यक्ष कैलास ढुंगेल,केन्द्रीय सदस्यहरु निर्मल भट्टराई,देवी दुलाल लगायत उपस्थित हुनुहुन्थ्यो । यसैगरी प्रदेश कमिटीमा भक्तपुरमा रहेका सबै पदाधिकारी र सदस्य,जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य,जिल्ला कमिटीका पदाधिकारी देखि सदस्य,स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु वडा र टोल कमिटीका पदाधिकारीहरु पनि उपस्थित थिए ।


भेलाले भक्तपुरबाट उक्त दिनका लागि कम्तीमा १२ हजार जनाको उपस्थिती रहने प्रतिवद्धता जनाएको छ । जिल्ला अध्यक्ष बचन देउजाका अनुसार मंसिर ७ गते सल्लाघारी चोकमा विहान १० बजे भेला भएर जाने काठमाडौं तर्फ जाने तयारी छ । सबै पालिका तथा वडाहरुबाट बसमा मानिसहरु काठमाडौं उतार्ने एमाले भक्तपुरको तयारी छ ।
कार्यक्रममा प्रदेश कमिटी अध्यक्ष कैलास ढुंगेलले देशको सिमा मिच्दा एमाले दुख्ने,गणतन्त्र माथी धावा बोल्दा एमालेलाई दुख्ने तर सत्ताधारी दलहरु धतुरो खाएर लडिरहेको बताउनुभयो । उहाँले मंसिर ७ गते ८० वर्ष भन्दा माथीका र १५ वष भन्दा मुनीका मानिस बाहेक सबैजना विरोध प्रदर्शनमा सहभागी हुन उर्दी जारी गर्नुभएको छ ।
कार्यक्रममा मध्यपुरथिमी नगरपालिकाका अध्यक्ष सूर्यलाल श्रेष्ठ,सूर्यविनायक नगरपालिकाका अध्यक्ष रविन्द्र श्रेष्ठ,चाँगुनारायण नगरपालिकाका अध्यक्ष रामप्रसाद तिम्सिना लगायतले बोल्नु भएको थियो ।