काठमाडौँ–रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोईरीज्यूलामा जीप दुर्घटना भएको छ ।
आज बिहान लु१ज २२९७ नम्बरको जीप चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा जीप दुर्घटना हुँदा २२ जना घाइते हुनुभएको छ ।
घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि लगिएको रुकुम प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।





प्रतिक्रिया