अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्रकको ठक्करबाट सहकारी अभियान्ता माधव देवकोटासहित दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट सहकारी अभियान्ता माधव देवकोटासहित दुई जनाको मृत्यु


बुटवल-रुपन्देहीका सहकारी अभियान्ता माधव देवकोटा सडक दुर्घटना परी मृत्यु भएको छ।

देवकोटालाई सोमबार दिउँसो तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको थियो। बुटवलबाट भैरहवातर्फ जाँदै गरेका मोटरसाईकल देवकोटालाई पछाडीबाट ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा जाँदै गरेका देवकोटासँगै सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको पनि मृत्यु भएकोप्रहरीले जनाएको छ। देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै हुनुहुन्थ्यो । मृतकहरु दुवैको शव मणिग्राम स्थीत क्रिमसन अस्पतालमा राखिएको छ।

तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सन्चालक थिए । विभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आवद्ध देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार समेत हुन् ।