अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी प्रदेशमा कार्यविभाजन,कुन नेतालाई के जिम्मेवारी ?

एमाले कोशी प्रदेशमा कार्यविभाजन,कुन नेतालाई के जिम्मेवारी ?


विराटनगर -नेकपा एमाले कोशी प्रदेश कमिटीले ११ जना नेताहरुलाई कार्यसमिती मनोनित गर्दै अधिवेशनबाट निर्वाचित कार्यसमितीको कार्यविभाजन गरेको छ ।
गत कात्तिक २१ गते बसेको प्रदेशका कमिटीको बैठकले कार्यविभाजन सहित विभिन्न निणर्यहरु गरेको पार्टीले जारी गरेको अन्तर कमिटी निर्देशन २ मा उल्लेख गरिएको छ ।
निर्देशनमा उल्लेख भए अनुसार प्रदेश कमिटीमा सोलुखुम्बूका बुद्धिकुमार राजभण्डारी,मोरङका भूराज राई,संखुवासभाका बद्री सापकोटा,मोरङका नागेश पोखरेल र भोजपुरका देवीराम चौलागाईंलाई मनोनित गरिएको छ । यसैगरी मोरङका पर्शुराम बस्नेत,भोजपुरका रामसिंह राई,खोटाङका तेज ढुंगाना,मोरङका अरुण राठी,सुनसरीका प्रमोद शर्मा र झापा दमकका घनेन्द्र सुब्बालाई प्रदेश कमिटीमा मनोनय गरिएको छ ।
पार्टीले जारी गरेको निर्देशन अनुसार विभिन्न नेताहरुलाई भूगोल र विभागहरुको जिम्मेवारी दिइएको छ । जस अनुसार अध्यक्ष घनश्याम खतिवडालाई स्कूल विभागको प्रमुख जिम्मेवारी तोकिएको छ । उपाध्यक्ष रकम चेम्जोङलाई निर्वाचन आयोग,सचिव राजकुमार भण्डारीलाई संगठन विभाग,उपसचिव जलवर्षा राजवंसीलाई शहरी विकास विभाग,अर्का उपसचिव देवान राईलाई विज्ञान तथा प्रविधि विभागको जिम्मेवारी दिइएको छ । यसैगरी लक्ष्मण तिवारीलाई प्रकाशन विभाग,एलपि साँवालाई वित्त तथा कोष व्यवस्थापन विभाग,मोहन डाँगीलाई उर्जा तथा जलस्रोत विभाग,राजकुमार थापालाई खेलकुद विभागको जिम्मेवारी तोकिएको छ । रामसिंह राईलाई भौतिक पूर्वाधार विकास विभागको जिम्म्ेवारी तोकिएको छ । सृजना राईलाई अर्थ तथा योजना विभागको जिम्मेवारी तोकिएको छ । विभागका प्रमुख र उपप्रमुख सहित ४६ जना नेताले जिम्मेवारी पाएका छन् । बँँकी रहेका सम्पूर्ण प्रदेश सदस्यहरुले संघीय निर्वाचन र क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी पाएको अन्तर कमिटी निर्देशनमा उल्लेख छ । बैठकले २१० जना नेताहरुलाई प्रदेश सल्लाहकार परिषदमा मनोनयन गरेको छ ।
अन्य नेताहरुलाई भूगोल