अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका यी प्रदेश अध्यक्षहरु पहिलो पटक पोलिटब्युरो  हैसियतमा केन्द्रीय कमिटीमा सहभागी हुँदै

एमालेका यी प्रदेश अध्यक्षहरु पहिलो पटक पोलिटब्युरो  हैसियतमा केन्द्रीय कमिटीमा सहभागी हुँदै


काठमाडौँ–नेकपा एमालेका प्रदेश कमिटी अध्यक्षहरु पहिलो पटक केन्द्रीय कमिटी बैठकमा पोलिटब्युरो सदस्यको हैसियत सहभागी हुँदैछन् ।

गत भदौ र असोज महिनामा भएका प्रदेश अधिवेशनबाट निर्वाचित भएका सात प्रदेशका अध्यक्षमध्ये कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजंग शाह यसअघि नै पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो ।

अन्य छ जना अध्यक्षमा बागमतीका कैलाश ढुंगेल केन्द्रीय सदस्य हुनुहुन्थ्यो । अन्य प्रदेशका अध्यक्षहरु प्रदेश कमिटी सदस्यको हैसियतमा थिए ।

गत जेठ १९ गते बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले प्रदेश अध्यक्षहरुको हैसियत पोलिटब्युरो सदस्य सरह हुने निर्णय गरेको थियो । पहिलो पटक केन्द्रीय कमिटीको बैठकमा पोलिटब्युरो सरहको हैसियतमा उपस्थिति पाउने भाग्यमानी प्रदेश अध्यक्षहरुमा कोशीका घनश्याम खतिवडा, मधेस प्रदेशका अध्यक्ष चन्द्रेश्वर मण्डल प्रदेश सदस्यको हैसियतबाट पोलिटव्यूरोमा बढुवा हुनुभएको हो । 

बागमतीका कैलाश ढुंगेल रहेका रहनुभएको छ । ढुंगेल यसअघि केन्द्रीय सदस्य भए पनि प्रदेश अध्यक्ष भएपछि एक तह बढुवा भएर पोलिटब्युरो सदस्य सरह हुनुभएको छ । 

यस्तै गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल र सुदूरपश्चिम प्रदेशका कृष्णप्रसाद जैसी, एमाले उपत्यका विशेष कमिटीको अध्यक्ष प्रेम पराजुलीले पोलिटब्युरो सदस्यको हैसियतमा भोलिको केन्द्रीय कमिटीको बैठकमा प्रदेशको रिर्पोटिङ गर्नुहुनेछ । 

एमालेमा प्रदेश पार्टी अवस्था, चुनौती, सम्भावना र प्रदेशको समसामयिक राजनीतिको बारेमा केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षले रिर्पोटिङ गर्ने चलन छ ।