अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली वीरगन्ज जानुहुँदै, ठुलो संख्यामा पार्टी प्रवेश गराउने

अध्यक्ष ओली वीरगन्ज जानुहुँदै, ठुलो संख्यामा पार्टी प्रवेश गराउने


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज वीरगन्ज जाँदै हुनुहुन्छ । वीरगन्जमा हुने पार्टीको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसतर्फ जान लाग्नुभएको हो । 

सभामा अध्यक्ष ओलीले ठुला संख्यामा पार्टी प्रवेश गराउनुहुने एमाले पर्सा इन्चार्ज अच्युत मैनालीले जानकारी दिनुभयो । दिउसो १ बजे हुने कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरी आउने नेता तथा कार्यकर्तालाई एमालेमा स्वागत गर्नुहुने मैनालीले जानकारी दिनुभयो । 

यति संख्या यकिन नभएको भन्दै उहाँले ठुलो संख्यामा पार्टी प्रवेश हुने बताउनुभयो । पछिल्लो समयमा मधेसमा एमाले पार्टी प्रवेश गर्नेको संख्या बढ्दै गएको छ ।