अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको स्वागतका लागि वीरगन्जमा सिँगारियो

अध्यक्ष ओलीको स्वागतका लागि वीरगन्जमा सिँगारियो


वीरगन्ज-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि वीरगन्जमा भव्य तयारी भएको छ।

अध्यक्ष ओलीको स्वागतका लागि वीरगन्जमा झण्डा ब्यानरसहित स्वागतद्वारहरु समेत बनाइएका छन्।

जनता समाजवादी पार्टीका पूर्व सांसद तथा निर्माण व्यवसायी हरिनारायण रौनियारसहित विभिन्न पार्टीका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली वीरगन्ज आउँदै हुनुहुन्छ।

रौनियार २०७४ को निर्वाचनमा पर्सा ३ बाट सांसद निर्वाचित हुनु भएको थियो ।

पछिल्लो २ वर्षमा पर्सामा विभिन्न दलका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेसँगै त्यहाँका करिब एक तिहाइ स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभामा एमालेले बलियो उपस्थिति जनाएको छ।