अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाका केन्द्रीय सदस्य रौनियार एमालेमा प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत

जसपाका केन्द्रीय सदस्य रौनियार एमालेमा प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत


पर्सा-जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य एवं पूर्वसांसद हरिनारायण रौनियार एमाले प्रवेश गर्नुभएको छ।

पर्साको पोखरियामा मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पार्टीमा स्वागत गर्नुभयो।

नेता रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्यविना देवीलगायत विभिन्न पार्टीका सयौं नेता-कार्यकर्तालाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभयो ।

नेता रौनियार २०७४ को निर्वाचनमा पर्सा ३ बाट सांसद निर्वाचित हुनुभएको थियो। उहाँ निर्माण व्यवसायी समेत हुन् । पछिल्लो २ वर्षमा पर्सामा विभिन्न दलका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेसँगै त्यहाँका करीब एक तिहाइ स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभामा एमालेले बलियो उपस्थिति जनाएको छ।