अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको मिसन-२०८४ एकल बहुमतको सरकारः अध्यक्ष ओली

एमालेको मिसन-२०८४ एकल बहुमतको सरकारः अध्यक्ष ओली


पर्सा-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको बताउनु भएको छ।

मंगलबार पर्साको पोखरियामा आयोजित आमसभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हाे। उहाँले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताउनु भयो।

पार्टीलाई थप मजबुत बनाउन एमालेले अहिले देशभर संगठन विस्तारको अभियान चलाइरहेको उहाँले बताउनुभयाे। अध्यक्ष ओलीले भन्नुभयाे, ‘नेकपा एमालेलाई हामीले आउँदा चुनावमा कसैले पनि एमालेलाई कहिँ पनि हराउन नसक्ने गरी मजबुत पार्टीकाे रुपमा विकास गर्दैछाैं, मिसन २०८४ भनेकाे एमालेकाे विजयपताका फहराउने चुनाव हुनेछ, एमालेले एकल बहुमत ल्याउने छ, एकल बहुमतकाे सरकार बनाउनेछ, त्याे सरकारमा सहभागी गराउनेछ, एमालेका नीति, विकासका नीति, देशभक्तिका नीति, राष्ट्रियता जाेगाउने नीति, देशकाे स्वाधिनता र स्वतन्त्रतामा गर्व गर्ने र त्यसलाई कार्यान्वयन गर्ने नीति, सुशासनकाे नीति, विकासकाे नीति, भ्रष्टाचार अन्त्य गर्ने नीति, असमानता र विभेद अन्त्य गरेर सामाजिक न्याय र समानताका आधारमा सामाजिक सद्‍भाव कायम गर्दै राष्ट्रिय एकता कायम गरेर, सिंगै देशकाे विकास गर्ने नीतिमा सहमत हुने दलहरु, गाैरवपूर्ण विदेश नीति मान्नेहरुलाई सहभागी गराइनेछ।’

मुलुकमा अहिलेको गठबन्धनको सरकारका कारण चरम बेथिति, भ्रष्टाचार र आर्थिक मन्दी बढ्दै गएकाले यी सबैबाट देशलाई बाहिर निकाल्न मुलुकमा एमाले नेतृत्वको सरकार नै आवश्यक भएको बताउनु भयो।

एमालेले बनाएकाे हुलाकी राजमार्ग हुँदै आफू पर्सा आएकाे अध्यक्ष ओलीले सुनाउनुभयाे। अमलेखगञ्ज पेट्राेलियम पाइपलाइनकाे काम आफू प्रधानमन्त्री हुँदा गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे । 

एमालेले सरकार छाेडेपछि विकास निर्माण ठप्प रहेकाे र सुरुआत भएका काम पनि अलपत्र भएका समेत उहाँले बताउनुभयाे ।