अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र देउवाबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र देउवाबीच भेटवार्ता


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्ड, सभापति देउवा र एमालेका अध्यक्ष ओलीबीच मंगलबार साँझ बालुवाटारमा भेटवार्ता भएको हो ।

मंसिर ५ गते तत्कालीन सात राजनैतिक दल र नेकपा(माओवादी) ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन हो। २०६३ मंसिर ५ मा भएको हस्ताक्षरले देशमा जारी युद्धको अन्त्य गरेर देशलाई गणतन्त्रमा प्रवेश गराउने आधार तय गरेको थियो।

उक्त सम्झौतामा हस्ताक्षर गर्ने दलहरू मध्यका तीन जना शीर्ष नेताहरू बालुवाटारमा भेटवार्ता गरी शान्ति सम्झौताका बाँकी कामहरूलाई यथासक्य छिटो टुंगोमा पुर्याउने प्रतिबद्धता गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।