अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीनकुनेमा युवा संघको मसाल जुलुस

तीनकुनेमा युवा संघको मसाल जुलुस


काठमाडौं – नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

मंसिर ७ गते गर्न लागेको बृहत् प्रदर्शनको पूर्वसन्ध्यामा युवा संघले मंगलबार साँझ काठमाडौंको तीनकुनेमा मसाल जुलुस निकालेको हो । मसाल जुलुसको नेतृत्व युवा संघका पूर्व अध्यक्ष तथा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले गर्नुभएको छ ।

त्यसअघि प्रदर्शनीको तयारीका लागि युवा संघले मंगलबार नै काठमाडौंमा भेला आयोजना गरेको थियो ।