अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, मध्यपहाडी लोकमार्ग अभियानबारे छलफल हुने

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, मध्यपहाडी लोकमार्ग अभियानबारे छलफल हुने


काठमाडौँ–नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । 

बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान (झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा) को आवश्यक योजना तयारी, नेताहरु परिचालन लगायत विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्मराज अधिकारीले जानकारी दिनुभयो ।   

सामाजिक सद्‍भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि एमालेले मंसिर १४ गतेदेखि झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्राको  अभियान गर्दैछ । सो अभियानको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।

केन्द्रीय कमिटीको बैठकमा पार्टीको आन्तरिक जीवन, देशको पछिल्लो अवस्थालगायत समसामयिक विषयमा पनि छलफल हुने एमालेले जनाएको छ ।