अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडको आर्थिक मेरूदण्ड

मध्यपहाडको आर्थिक मेरूदण्ड


मध्यपहाडी मन्थन-३

नेकपा एमालेले मध्यपहाडका जनतासँग साक्षत्कार गर्नका लागि आगामी मंसिर १४ गतेबाट ‘झुलाघाट चिवा भञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ गर्दैछ। नेपालको मध्यपहाडीको बहुउद्देश्यीय परियोजनाको रूपमा रहेको यो राजमार्गलाई मध्यपहाडको आर्थिक मेरूदण्ड पनि भन्न सकिन्छ।

मध्य पहाडी भू-भागका जिल्लाहरूलाई यातायात सञ्जालमा जोडी उक्त क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, शैक्षिक लगायतका समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले पाँचथर जिल्लाको चियोभञ्जयाङ (नेपाल भारत सिमाना) पश्चिम बैतडी जिल्लाको झुलाघाट (महाकाली नदि) सम्म पुग्ने “पुस्पलाल (मध्य पहाडी) राजमार्ग” एक सफल आयोजना तर्फ उन्मुख भैरहेको छ। २६ जिल्ला जोड्ने १८७९ कि.मी. लामो राष्ट्रिय गौरबको आयोजना समेत रहेको यस मार्गले पहाडी दुर्गम जिल्लाहरूलाई जोड्ने कामको अलवा उत्पादन तथा ब्यापार प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, रोजगारीका अवसरहरूको सिर्जना गरी स्थानीयको जीवनस्तर उकास्ने महत्वपूर्ण साधन समेत बनेको छ।

आ.व. २०६४/०६५ मा रोड निर्माणको काम सुरू गरी आ.व. २०७४/०७५ मा सक्ने लक्ष्यका साथ ३० अर्ब रूपैयामा सम्पन्न गर्ने गरी अनुमान गरिएकोमा आ.व. २०७९/०८० को अन्त्यसम्ममा अर्थात् डेढ दशकको अन्तरालसम्ममा १ खर्ब भन्दा बढी रकम खर्च भैसकेको छ भने कार्य सम्पादन मूल्याङ्कन गर्दा ७० प्रतिशतको हाराहारीमा काम सम्पन्न भएको छ।

करीब ७० लाख जनतालाई प्रत्यक्ष यातायात सुविधा पु¥याउने लक्ष्यका साथ निर्माण हुँदै गरेको यस राजमार्गले बढ्दो शहरकेन्द्रित सोचलाई निरूत्साहित गरी नेपालको विद्यमान प्रमुख समस्याको रूपमा रहेको जनसंख्याको असमान वितरणलाई न्यूनिकरण गर्न सहयोग गर्नेछ।

नेपालको कुल खेतियोग्य जमिनलाई हेर्ने हो भने मध्य पहाडी क्षेत्रमा रहेको ३५४,५०८ हेक्टर र सो मध्ये ४३८४२ हेक्टर सिचाइ योग्य रहेको छ भने उच्च पहाडी क्षेत्रको कुल १४,७८,४११ हेक्टर खेतियोग्य जमिन मध्ये कुल २६६६८२ हेक्टर सिचाइ योग्य रहेको छ।

आर्थिक, सामाजिक र सांस्कृतिक अन्तर्गत निम्न कारण हरूले यो राजमार्ग महत्वपूर्ण साबित भएको छ।
१. यस राजमार्गले देशमा हालसम्म नभएको सडक सञ्जाललाई पहिलो पटक पहाडी भू-भागको पनि पूर्व देखि पश्चिम सम्म जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
२. यो राजमार्ग क्षेत्र अन्तर्गत पूर्वी भेगमा विभिन्न प्रजातिका फलफूलहरू लप्सी, हलुवाबेद, अनार, आरु, किबी, निवुवा, कागती, जुनार, सुन्तला, स्याउ लगायतको आधार क्षेत्र हो भने यिनै खालका फलफूल र मसलाजन्य बस्तुमा आज राज्यको वार्षिक खर्बौ रकम बाहिरिरहेको छ। भन्सार विभागको सन् २०२२ को तथ्याङ्क हेर्ने हो भने २ खर्ब ५० अर्ब भन्दा बढी रकम कृषि र कृषिजन्य बस्तुको आयातमा खर्च भैरहेको छ, जसमा फलफूल आयातमा मात्र १६ अर्ब भन्दा बढी र तरकारीमा मात्र २४ अर्ब भन्दा बढी रकम बाहिरिएको छ। उक्त आयात प्रतिस्थापन गर्न यो राजमार्ग को महत्वपूर्ण भूमिका रहने छ।

३. एकातर्फ छिटो बिग्रने फलफूल तथा तरकारी सागसब्जीहरू आज पनि उपयुक्त बजार र यातायातको असुविधाले प्रयोगहिन भइरहेका छन् भने अर्कोतर्फ यिनै फलफूल तथा तरकारी जन्य बस्तुको आयातमा ठूलो धनरासी गुमाउदा राज्यलाई दोहोरो क्षति भोग्नु परेको छ। यस्ता खालका क्षतिहरूको न्युनिकरणका लागि पनि यो राजमार्गबाट अपेक्षा गरिएको छ।
४. उपयुक्त बजार र यातायातको असुविधाले स्वरोजगार बन्नुपर्छ देशमै केही गर्नुपर्छ भन्ने देशप्रेमी भावना भएका युवाहरूले उत्पादन गरेका बस्तुहरूले बजार नपाउदा उनीहरूले सञ्चालन गरेका व्यसाय घाटामा गएर उद्धमशिलताप्रति नै नकरात्मक सोंच पैदा भइ बेरोजगार बढ्दै गैरहेको छ । जसका कारण विदेश पलायन हुने क्रम पछिल्ला वर्षहरूमा झन् बढ्दो गतिमा गइरहेको छ । यस्तो प्रवृतिलाई रोक्न पनि यो राजमार्गको विशेष योगदान रहने अपेक्षा गरिएको छ।
५. यस राजमार्गको प्रभाव स्वरूप उक्त भेकमा पाईने विभिन्न प्रकृतिका फलफूल सुन्तला, स्याउ, जडिबुटी, चिया, अलैची, अदुवा, गँहु, जहुँ, कोदो, फापर, मकै, आलु औषधिजन्य गुण भएको मसलाजन्य टिमुर लगायतका उत्पादन र त्यसको प्रबद्धन गर्न आधार तयार भएको छ।
. नेपालको मध्यपहाडी र हिमाली भेकमा पाइने कृषि र जडिबुटीजन्य पदार्थको उत्पादन र सो को आन्तरिक परिचालन तथा निर्यात समेत गर्ने र स्थानीय जनताको जीवनस्तरका साथै राष्ट्रिय आम्दानीमा समेत उल्लेख्य योगदान दिने यो राजमार्गको लक्ष्य रहेको छ।
७. यस राजमार्गको रेखाङ्कन भित्र पर्ने विभिन्न जिल्लाहरूमा १० वटा आधुनिक शहरको विकास गर्ने नेपाल सरकारको लक्ष्य पूरा भएमा जनसंख्याको समान वितरणको एक आधार बन्ने देखिन्छ। साथै आर्थिक गतिविधिमा वृद्धि भइ रोजगारका अबसरको सृजना हुने निश्चित छ।
८. राजमार्ग आसपासमा रहेका विभिन्न पर्यटकीय क्षेत्रमा यातायातका पूर्वाधारको अभावमा प्रचार प्रसार एवं विकास हुन नसकेको अवस्थामा राजमार्गको विकाससङ्गै आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमनमा वृद्धि भइ अर्थतन्त्र थप चलाएमान हुने निश्चित छ।
९. राजमार्गको निर्माण पश्चात विद्धमान आर्थिक सामजिक सूचकहरूको उल्लेख्य रूपमा परिवर्तन भइ “समृद्ध नेपाल, सुखी नेपाली” निर्माण अभियानमा महत्वपूर्ण योगदान पुग्ने छ।
१०. नेपालमा बढ्दै गरेको ट्राफिक जाम र सो बाट हुने सडक दुर्घटनालाई न्युनिकरण गर्न यो राजमार्ग कोसेढुङ्गा साबित हुनेछ।
११. नेपालको पूर्वी भेग देखि पश्चिम भेग जोड्ने एक मात्र पूर्व–पश्चिम राजमार्गको चाप कम हुने र सो को वैकल्पिक मार्गको रूपमा पुष्पलाल राजमार्गले काम गर्ने छ।
१२. यस राजमार्गको रेखाङ्कन आसपासका क्षेत्रभित्र पर्ने देशका ठूला–ठूला जलविद्युत आयोजनाको सञ्चालन लागत कम हुने हुँदा सम्पूर्ण उपभोक्तालाई राहत प्रदान हुनेछ।

राजमार्गका मुख्य चुनौतिहरू
राजमार्गका सबल पक्षहरूका साथमा यो राजमार्गका केही दुर्लव पक्षहरू पनि आँकलन गर्न सकिन्छ।
१.यो राजमार्ग मध्यपहाडका विभिन्न भू-भाग भएर जाने भएकाले घुम्ति, उकालो, ओरालो जस्ता जोखिमपूर्ण भाग अत्याधिक हुने भएकाले सडक दुर्घटना एक महत्वपूर्ण चुनौति सामना गर्नु पर्ने छ।

२.यो राजमार्ग अन्तर्गत १३७ वटा ठूला तथा साना खोलामा पुलहरू रहने र धेरै पहाडहरूको बीच भाग भएर जाने हुँदा वर्षाको समयमा पहिरोले व्यापक क्षति पु¥याउने हुँदा मर्मत सम्भार खर्च अन्य राजमार्गको तुलनामा बढी हुने प्रक्षेपण गर्न सकिन्छ।

(लेखक पि.एन. क्याम्पस पोखराका व्यवस्थापन संकायका उप-प्रध्यापक हुनुहुन्छ।)