अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज,यी विषयमा छलफल हुने

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज,यी विषयमा छलफल हुने


काठमाडौं -पार्टीले सुरु गर्न लागेको मध्यपहाडी यात्राका सन्दर्भम विभिन्न निर्णयहरु गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
एमालेले आगामी मंसिर १४ गते देखि २१ दिनका लागि ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’को आयोजना गरेको छ । आजको बैठकमा यात्राका बारेमा विभिन्न निर्णयहरु गरिने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । विहान ११ बजे केन्द्रीय कार्यालयमा सुरु हुने बैठकमा यात्राको विस्तृत जानकारी सहित प्रस्ताव गरिनेछ । जसमा यात्राको रुट,यात्रामा सहभागी हुने केन्द्रीय टिम,बासबस्ने ठाउँ आदिका बारेमा निर्णय हुनेछ ।
यसैगरी युवा संघ नेपाल र अनेरास्ववियुले भोली काठमाडौंमा गर्न लागेको विरोध प्रदर्शनका बारेमा पनि छलफल हुने कार्यसुची छ । यस्तै जाजरकोट भूकम्पमा भत्किएका संरचनाहरुको पुननिर्माण र पार्टीले परिचालन गरेका स्वंसेवकका विषयमा पनि छलफल गर्ने कार्यसुची छ ।
एमलेले गर्न लागेको मध्यपहाडी यात्रामा पार्टीका पदाधिकारी सहित करिब २सय जनाको केन्द्रीय टिम हुने एमालेले जनाएको छ ।