अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघ नेपाल मर्यादित संगठन हो : महेश बस्नेत

युवा संघ नेपाल मर्यादित संगठन हो : महेश बस्नेत


काठमाडौं – नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल सधैँ मर्यादित ढङ्गले प्रस्तुत हुने संगठन भएको बताउनुभएको छ ।

काठमाडौंमा राति बास बसेका महिलालाई राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले नखेदेको बस्नेतले प्रष्ट पार्नुभएको छ । दुर्गा प्रसाईंले साधारण र महिलाहरूलाई कुनै दल र व्यक्ति विरुद्ध परिचालन गरी अमर्यादित ढङ्गले उचालेर काठमाडौंमा खुल्ला दिसा पिसाब गराउने जस्ता हर्कत गराउँदा स्थानीयले त्यस्तो नगर्न र आफ्नो क्षेत्रमा नबस्न गरिएको आग्रहलाई अन्यथा प्रचार गरिएको भन्दै बस्नेतले आलोचना गर्नुभएको छ ।

स्थानीयले बसेको ठाउँका हटाएपछि बिचल्लीमा परेका महिलाहरूलाई प्रहरीको समन्वयमा राष्ट्रिय युवा संघका कार्यकर्ताले नै बास बस्ने व्यवस्था मिलाएको बस्नेतले स्पष्ट पार्नुभएको छ । ‘याद होस् ती व्यक्तिहरूलाई प्रहरीको समन्वयमा युवा संघका साथीहरूले नै बास बस्ने व्यवस्था गरेका हुन्, युवा संघ सधैँ मर्यादित र मानवीय हिसाबले अगाडि लम्कन्छ, कसैले अन्यथा प्रचार गर्न खोजेर केही हुनेवाला छैन’, बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।