अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वामपन्थी एकताको कुरा नगरौं: अध्यक्ष ओली

वामपन्थी एकताको कुरा नगरौं: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गर्नुभएकाे छ।

बुधबार पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले वामपन्थी एकता गर्ने कुरा नयाँ फर्मुला नभएको बताउनुभयाे।

२०७५ मा एउटा एकता गर्दा पार्टी दुई पटक फुटेको स्मरण गर्दै अध्यक्ष ओलीले अरुका स्वार्थको लागि काम गर्न वामपन्थी हुन नसक्ने बताउनुभयाे ।

‘यो वामपन्थी शक्ति नमिली हुँदैन भन्ने कुरा पपुलिष्ट कुराहरू हुन्। नगर्न म साथीहरूलाई आग्रह गर्छु । वामपन्थी शक्ति मिल्नुपर्छ यो कसले नजान्या नयाँ फर्मुला हो र ? मैले राजनीतिक सुरू गर्दा पनि पार्टी विभाजित अवस्थामै थियो। त्यहाँदेखि वामपन्थी एकताको माला जपेको’, उहाँले भन्नुभयाे, ‘वामपन्थी एकता जति गरायो त्यति फुट्छ। एउटा एकता गराउँदा दुईवटा फुट्छ । हामीले ७५ सालमा एउटा एकता गर्दा त्यसपछि दुईवटा फुट्यो। त्यतिबेला त्यो अवश्यक थियो। होइन भने हामी सरकार गठन गर्न सक्दैनथौं। काम गर्न सक्दैनथ्यौं। हाम्रो नीति यी हुन् भन्न सक्दैनथ्यौं ।  हामीले आफ्नो शक्ति निर्माण गर्ने हो । वैशाखी खोज्ने होइन । आफ्ना खुट्टा बलियो बनाउने हो यतातिर लाग्नुपर्छ ।’