अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश चलाउन नसके प्रधानमन्त्रीले सरकार छोड्नुपर्छ: अध्यक्ष ओली

देश चलाउन नसके प्रधानमन्त्रीले सरकार छोड्नुपर्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपयुक्त ढंगले देश चलाउन नसके प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार छाड्नुपर्ने बताउनु भएको छ।

बुधबार पार्टी कार्यालयमा बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारको कमजोरीका कारण प्रतिगामी शक्तिहरुलाई हौसला मिलेको भन्दै उपयुक्त ढंगले देश चलाउन नसके प्रधानमन्त्रीले सरकार छाड्नुपर्ने बताउनु भएको हो।

अध्यक्ष ओलीले सरकारका कारण देश संकटमा परेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता आफूले देखेको जिकिर गर्नुभयो।

अध्यक्ष ओलीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको दाबी समेत गर्नुभयो।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको सत्ता स्वार्थका कारण मुलुकको स्वाधीनता सबैभन्दा अपहेलित, अपमानित र तिरस्कृत हुने पुगेको बताउनु भयो। उहाँले पछिल्लो यो अढाई वर्षको बिचमा मुलुकको राष्ट्रिय हित, गौरव र सम्मान धेरै कमजोर हुन पुगेको पनि बताउनु भयो। वर्तमान सरकारले मुलुकको असंलग्नता र तटस्थतासम्बन्धि परराष्ट्र नीति पनि धरापमा पारेको अध्यक्ष ओलीको आरोप थियो।

देशलाई अगाडि बढाउने जिम्मा एमालेले लिने भन्दै उहाँले आवश्यक परे जनताले सडकाबाटै निर्णय लिन सक्ने चेतावनी दिनुभयो।