अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्प पीडितको जीवन रक्षा गर्न सरकारसँग एमालेको माग

भूकम्प पीडितको जीवन रक्षा गर्न सरकारसँग एमालेको माग


काठमाडौँ-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पश्चिम नेपालका भूकम्प पीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ।  

चिसोमा कठ्याँग्रिएर भूकम्प ज्यान गइरहेको समाचार बाहिर आइरहेका बेला एमाले केन्द्रीय कमिटी बैठकले तत्काल अस्थायी आवास र न्यानो कपडाको व्यवस्था गरी भूकम्प पीडितहरूको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो। 

बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले राहत वितरणलाई राजनीतिक प्रचारबाजीको विषय नबनाउन र सबै पीडितलाई पक्षपातरहित ढंगले राहतको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

त्यसैगरी एमालेले इजरायल-प्यालेस्टाईन दुवै पक्षलाई तत्काल युद्ध बिराम गरी बन्धक बनाइएकाहरुलाई अविलम्व रिहा गर्न पनि अपिल गरेको छ। अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गरी शान्तिको पक्षमा उभिन र संयुक्त राष्ट्र संघको प्रस्ताव अनुसार समस्याको शान्तिपूर्ण समाधानमा गर्न पनि दुवै युद्धरत पक्षलाई पार्टीले आह्वान गरेको प्रचार विभाग प्रमुख गौतमले बताउनु भयो।