अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको मध्यपहाडी यात्रा : यी १९ वटा सहरमा बास बस्नेछन् यात्रीहरु

नेकपा एमालेको मध्यपहाडी यात्रा : यी १९ वटा सहरमा बास बस्नेछन् यात्रीहरु


काठमाडौं – नेकपा एमालेले मंसिर १४ गते देखि गर्ने मध्यपहाडी यात्राका क्रममा १९ वटा सहरमा बास बस्ने तय गरेको छ ।
केन्द्रीय कार्यालयले पेश गरेको प्रस्ताव आजको केन्द्रीय कमिटीको बैठकले पास गरेको हो ।
जस अनुसार मंसिर १४ गते डडेलधुराको अमरगढी,१५ गते डोटीको सिलगढी,तेस्रो दिन अछामको मंगलसेनमा यात्राको टोली बास बस्नेछ । यसैगरी १७ गते दैलेख बजार,१८ गते सुर्खेत १९ गते रुकुमकोटमा यात्राको टोली बास बस्नेछ । रुकुमकोटबाट अघि बढेको टोली २० गते बागलुङको गलकोट,२१ गते पोखरा,२२ गते गोरखाबजारमा बास बस्ने तय गरिएको छ । यसैगरी २३ गते नुवाकोटको विदुर,२४ गते धुलिखेल,२५ गते मन्थलीमा बास बस्ने कार्यक्रम छ ।
केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारी अनुसार २६ गते खोटाङको दिक्तेल,२७ गते भोजपुर २८ गते तेह्रथुमको बसन्तपुर र २९ गते आठराई संक्रान्तीमा बास बस्ने कार्यक्रम रहेको छ । यस्तै ३० गते फिदिम र पुष १ गते चिवाभञ्ज्याङ पुगेर पुन फिदिममै बस्ने कार्यक्रम रहेको छ । पुष २ गते विहान फिदिमबाट काठमाडौं प्रस्थान गर्ने कार्यतालिका आजको बैठकले पास गरेको छ ।
एमालेले पुष पाँच गते मध्यपहाडी यात्राको समिक्षा सहितको पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गर्ने जनाएको छ ।

मध्यहपाडी यात्राकोे उद्ध्घाटन गर्न अध्यक्ष केपी शर्मा ओली १२ गते काठमाडौंबाट धनगढी जाने कार्यक्रम छ । धनगढीबाट मंसिर १३ गते उहाँ सहितका केन्द्रीय नेताहरु वैतडीको गोठालथानीमा बास बस्ने कार्यक्रम छ । १४ गते विहान ८.३० बजे बजे मध्यपहाडी राजमार्गको पश्चिमी विन्दु झुलाघाटमा अध्यक्ष ओलीले यात्राको शुभारम्भ गर्नुहुनेछ । यो यात्रा पुष १ गते पूर्वी सुरुवाती विन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन गर्ने कार्यक्रम छ ।