अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले युवा संघ र विद्यार्थी संगठनले उपत्यकाका विभिन्न ठाउँमा मसाल जुलुस निकाल्दै

एमाले युवा संघ र विद्यार्थी संगठनले उपत्यकाका विभिन्न ठाउँमा मसाल जुलुस निकाल्दै


काठमाडाैं-नेकपा एमालेकाे युवा र विद्यार्थी संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले आज साँझ काठमाडाैं उपत्यकाका विभिन्न ठाउँमा साल जुलुस निकाल्ने भएका छन्।

भाेलि काठमाडाैंकाे तीनकुनेमा हुने युवा-विद्यार्थी अभियानकाे पूर्व सन्धामा युवा संघ र अनेरास्ववियुले आज उपत्यकाका विभिन्न ठाउँमा मसाल जुलुस निकाल्न लागेका हुन्।

युवा संघका प्रवक्ता निराेज पाैडेलका अनुसार अहिले साढे ५ बजे काठमाडाैंकाे सामाखुशी, सीतापाइला, गौशाला, चाबहिल, तिनकुने, सुन्धारा, प्रदर्शनी मार्ग र थलीमा मसाल जुलुस निकालिने छ।

साेही समयमा भक्तपुरकाे निकोसेरा चोकमा पनि मसाल जुलुस निकालिनेछ। साेही समयमा नै लतितपुरकाे मंगलबजार, लगनखेल, इमाडोल, चापागाउँ, प्याङगाउँमा मसाल जुलुस निकालिने युवा संघले जनाएकाे छ।