अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघले बोलायो केन्द्रीय कमिटी बैठक

युवा संघले बोलायो केन्द्रीय कमिटी बैठक

मंसिर ८ र ९ गते बस्ने


काठमाडाैं-नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालले केन्द्रीय कमिटी बैठक बाेलाएकाे छ।

मंसिर ८ र ९ गते बस्ने गरी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक बाेलाइएकाे युवा संघले जनाएकाे छ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा मंसिर ७ गते हुने युवा-विद्यार्थी विशेष कार्यक्रमकाे समीक्षा, संगठनकाे काम कारबाही लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएकाे छ।

युवा संघ र अनेरास्ववियुकाे आयाेजनमा भाेलि काठमाडाैंकाे तीनकुनेमा युवा-विद्यार्थी विशेष कार्यक्रम आयाेजना हुँदैछ। माइतीघरमा गर्ने भनिएकाे कार्यक्रम काठमाडाैं प्रशासनले निषेधाज्ञा जारी गरेपछि तीनकुनेमा सारिएकाे हाे।

युवा संघले कार्यक्रमकाे पूर्व सन्ध्यामा उपत्यकाका विभिन्न ठाउँमा आज साँझ मसाल जुलुस निकाल्दैछ।