अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदर्शनमा २५–३० हजार सहभागी हुन्छन्, शान्तिपूर्ण प्रदर्शन गर्छौँ : अध्यक्ष थेवे

प्रदर्शनमा २५–३० हजार सहभागी हुन्छन्, शान्तिपूर्ण प्रदर्शन गर्छौँ : अध्यक्ष थेवे


काठमाडौँ–राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले आज हुने प्रदर्शनमा २५–३० हजारको संख्यामा सहभागी हुने बताउनुभएको छ । 

युवा संघले राखेको कार्यक्रम स्थल तीनकुनेमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थेवेले युवासँघ विद्यार्थीले गर्ने प्रदर्शनमा २५–३० हजारको संख्यामा सहभागी हुने बताउनुभएको हो । आफ्नो कार्यक्रम शान्तिपूर्ण हुने भन्दै उहाँले कार्यक्रमका लागि उपत्यका बाहिरबाट कोही पनि मान्छे नल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज हामीले जनप्रदर्शन गरेका छैनौँ,  आमसभा गरेका छैनौँ, आज हामी राज्यको अकर्मण्यताविरुद्ध विरोध प्रदर्शन गर्दै छौँ । यो प्रदर्शन नेपाल र नेपाली जनताका लागि, राष्ट्र र राष्ट्रियताका लागि, सुशासन र सामाजिक न्यायका लागि, महँगी र मूल्यवृद्धि नियन्त्रणका लागि हो ।’ 

अध्यक्ष थेवेले सरकारलाई सही ट्याकमा ल्याउन युवासंघ र विद्यार्थीले विरोध प्रदर्शन गर्न लागेको बताउनुभयो । कार्यक्रममा उपत्यकामा रहेका आफ्ना कार्यकर्ताहरू स्वतःस्फूर्त रूपमा सहभागी हुने उहाँको भनाइ छ ।