अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हाम्रो आन्दोलन सरकारका गलत कदम विरुद्ध हो : क्षितिज थेबे

हाम्रो आन्दोलन सरकारका गलत कदम विरुद्ध हो : क्षितिज थेबे


काठमाडौं- राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले आजको विरोध प्रदर्शन दुर्गा प्रसाईंको समूहको विरुद्धमा भनेर हल्ला फैलाइ पनि त्यो आन्दोलन सरकार विरुद्ध भएको बताउनुभएको छ । युवासंघको कार्यक्रम स्थल तीनकुनेमा पत्रकारहरुसँग कुरा गर्दै थेबेले सो कुरा बताउनुभएको हो ।
युवा संघले आज काठमाडौँको तीनकुनेमा विरोध कार्यक्रम आयोजना गर्दैछ भने प्रसाईंको समूहले बल्खुमा। दुई समूहबीच भडप हुनसक्ने भएकाले काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।
अध्यक्ष थेवेले आफूहरूको कार्यक्रम प्रचार गरिएजस्तो कुनै समूह विशेषविरुद्ध नभई सरकारलाई ‘ठीक ठाउँमा ल्याउन’ भएको बताउनुभएको छ ।
‘हामीले आज आमसभा भनेका छैनौँ, जनप्रदर्शन भनेका छैनौँ। यहाँ आफ्ना अभीष्ट पूरा गर्न गलत प्रचार गरिएको छ’, थेबेले भन्नुभयो, ‘सरकारलाई ठीक ठाउँमा ल्याउन प्रदर्शन गर्दै छौँ।’

आफूहरूको आजको कार्यक्रम नेपाल, नेपाली र संघीय गणतन्त्रको रक्षाका निम्ति भएको थेबेको दाबी छ ।