अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय युवा संघका जुलुस सहितका र्‍यालीहरु निस्कन थाले

राष्ट्रिय युवा संघका जुलुस सहितका र्‍यालीहरु निस्कन थाले


काठमाडौं-युवा संघले सरकारका विरुद्ध आज काठमाडौंमा गर्न लागेको जनप्रदर्शनमा सहभागीहरु कार्यक्रम स्थल तीनकुनेतिर पुग्न थालेका छन्। विभिन्न ठाउँमा जम्मा भएर नाराजुलुस सहित उनीहरु तीन पार्कमा पुग्ने क्रम सुरु भएको छ । राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेका अनुसार ठाउँठाउँबाट युवा संघ,अनेरास्ववियु र एमालेका अन्य जनवर्गीय संगठनले नेतृत्व गरेका र्यालीहरु सुरु भइरहेका छन् ।
भक्तपुरको सल्लाघारीबाट ठूलो संख्यामा एमालेका नेता कार्यकर्ता तीनकुने तर्फ आइरहेका छन् । यसैगरी काठमाडौं र ललितपुर जिल्ला कमिटीले पनि कार्यकर्ता परिचालन गरेर जुलुस सहित तीनकुनेतर्फ ल्याइरहेका छन् ।