अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईं समूहद्वारा युवा संघका कार्यकर्तामाथि बल्खुमा ढुंगामुढा 

दुर्गा प्रसाईं समूहद्वारा युवा संघका कार्यकर्तामाथि बल्खुमा ढुंगामुढा 


 काठमाडौं-नेकपा (एमाले)को भातृ संगठन युवा संघका कार्यकर्तामाथि मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले बल्खु चोकमा ढुंगामुढा गरेका छन्।

कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि प्रसाईं समूहका व्यक्तिहरूले एक्कासी ढुंगामुढा प्रहार गरेका हुन् ।

दुर्गा प्रसाईं समर्थकको जुलुस कालीमाटीबाट बल्खुतर्फ आउँदै गरेका थिए । मोटरसाइकलमा आएका युवा संघका कार्यकर्ताहरू देखेपछि प्रसाईंका कार्यकर्ताले ढुंगा हान्न सुरु गरेको दाबी गरिएको छ।

झडपका क्रममा युवा संघका कार्यकर्ता चढेका र सडकछेउमा पार्किङ गरिएका सर्वसाधारणका केही मोटरसाइकलमा पनि प्रसाईंका समर्थकले तोडफोड गरेका छन्। अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ। प्रसाईं समर्थकलाई बल्खुमै रोकेर राखेको छ।

प्रसाईं समूहको तोडफोडबाट बल्ख आसपासका केही संरचनामा क्षति पुगेको छ ।