अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघको र्‍याली तीनकुनेमा पुग्यो

युवा संघको र्‍याली तीनकुनेमा पुग्यो


काठमाडौं-नेकपा एमाले निकट युवा संघ नेपालको टोली तीनकुने पुगेको छ। भक्तपुरबाट र्‍यालीसहित आएको युवा संघका कार्यकर्ताहरूको टोली तीनकुने पुगेको हो। 

प्रशासनले आज हुने प्रदर्शनका लागि युवा संघलाई तीनकुनेमा स्थान तोकिदिएको छ। संगठनका ईन्चार्ज समेत रहेका महेश बस्नेतको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरू पार्टी कार्यालय च्यासल हुँदै कार्यक्रमस्थल तीनकुने पुगेका हुन्। 

उनीहरूलाई प्रहरीले स्कटिङसहित भक्तपुरबाट तीनकुने पुर्‍याएको थियो। 

काठमाडौँका विभिन्न क्षेत्रमा आज प्रसाईं र युवा संघको छुट्टाछुट्टै प्रदर्शन भइरहेको छ। युवा संघको भने तीनकुनेमा प्रदर्शनका लागि प्रशासनले ठाउँ तोकिएको छ।