अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बल्खुमा प्रहरीले हान्यो प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

बल्खुमा प्रहरीले हान्यो प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार


काठमाडौँ-काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ। झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ।

बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो।प्रसाईंलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिए पनि उनीहरू कालिमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो। प्रहरीले रोकेपछि त्यहाँ झडप सुरु भएको थियो । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरा समेत प्रहार गरेको छ।

प्रदर्शनकारीलाई प्रहरीले बल्खुमा नै रोकेको छ। कालिमाटीतर्फ अघि बढेको आन्दोलनकारीको गाडीको साँचो पनि प्रहरीले खोसेको छ।

प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए।त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ ।