अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईँ नामको अराजकता समाप्त भएको छ: महेश बस्नेत

दुर्गा प्रसाईँ नामको अराजकता समाप्त भएको छ: महेश बस्नेत


काठमाडौं-नेकपा एमाले पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतले दुर्गा प्रसाईँलाई ठिक ठाउँमा बस्न चेतावनी दिनुभएको छ।

आज काठमाडौंको तीनकुनेमा आयोजित युवा संघको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताउनु भएको हो। 

उहाँले कुशासनका विरुद्ध र सुशासनका पक्षमा आफूहरूले थालेको आन्दोलन नरोकिने बताउनुभयो। 

नेता बस्नेतले साम्राज्यवादीहरूका कारण नेपालमा अस्थिरता, कुशासन र भ्रष्टाचार मौलाइरहेको बताउनु भयो। साथै उहाँले साम्राज्यवादीहरुले मुलुकलाई प्रयोगशाला बनाउन लागिएको बताउनु भयो।  उहाँले भन्नुभयो, ‘नेपाललाई प्रयोगशाला बनाउन दुर्गा प्रसाईँलाई अगाडि बढाइरहेका छन् । आज दुर्गा प्रसाईँले मयुरको प्वाँख हालेर राजा घोषणा गर्ने कार्यक्रम युवा विद्यार्थीहरूले हावा खुस्काइदियो।’

नेता बस्नेतले आजैबाट दुर्गा प्रसाईँ समाप्त भएको घोषणा समेत गर्नुभयो। ‘आजबाट दुर्गा प्रसाईँ नामको अराजकता सदाका लागि समाप्त भएको छ’, बस्नेतको भनाइ छ।

उहाँले आफ्नो कार्यक्रम बाघ र दुर्गा प्रसाईँको कार्यक्रम कुकुर जस्तो भएको प्रमाणित भएको भन्दै भोलिदेखि ठिक ठाउँमा बस्न चेतावनी दिनुभयो । उहाँले प्रसाईँलाई पूर्व राजाको भूतको संज्ञा दिनुभयो।