अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई महेश बस्नेतको चेतावनी: नसच्चिए सिंहदबारको कुर्सीबाट सडकमा पछार्छौं

प्रधानमन्त्रीलाई महेश बस्नेतको चेतावनी: नसच्चिए सिंहदबारको कुर्सीबाट सडकमा पछार्छौं


काठमाडौँ-नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसच्चिए एमालेले प्रधानमन्त्रीको कुर्सीबाट सडकमा पछार्ने चेतावनी दिनुभएको छ।

बिहीबार तीनकुनेमा सरकारविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै युवा सङ्घका संयोजक समेत रहेका बस्नेतले एमालेको कार्यक्रम अब सातै प्रदेशमा विस्तार हुने र उक्त आन्दोलनपछि एमाले नेतृत्वमा सरकार बन्ने बताउनु भयो। 

‘म प्रधानमन्त्री प्रचण्डज्यू कान खोलेर सुन्न चेतावनी दिन्छु– तपाईँ सच्चिनु भएन भने नेपाली जनताको भविष्य अन्धकार बनाउनुभयो भने सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर मण्डलामा पछार्ने हो कि तीनकुनेमा पछार्ने हो ? त्यो तागत युवा विद्यार्थीहरूसँग छ, एमालेसँग छ’, बस्नेतको चेतावनी छ।

नेता बस्नेतले भन्नुभयो, ‘हामीले कानून मान्यौं निषेधित क्षेत्र तोडेनौं प्रधानमन्त्री प्रचण्डजीज्यूलाई पनि चेतावनी दिन चाहन्छु तपाईं सच्चिनुभएन भने तपाईंको ३२ सिटे पार्टी र तपाईं जोगिन नेपाली जनताको भविष्य अन्धकारमय बनाउनुभयो भने सिंहदबारको कुर्सीबाट ल्याएर माइतीघरमा होकि तीनकुनेको सडकमा पर्छार्ने हो ? त्यो तागत युवा-विद्यार्थीहरूसँग छ, एमालेसँग छ।’

युवा संघलाई चुनौती दिन खोज्ने प्रसाईंले आज बल्खुमा दुई तीन सयभन्दा मान्छे उतार्न नसकेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘एमालेले समाज रुपान्तरणको अभियान चलाउने हो। हामी कसैलाई हस्तक्षेप गर्दैनौं । कसैको विरुद्ध कार्यक्रम गर्दैनौं। तर, हाम्रो कार्यक्रमविरुद्ध निहु खोजेर आउँछ भने हामी छाड्दैनौं। दुर्गा प्रसाईंको आजबाट हावा खुस्किएको छ।’

पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा मध्य पहाडि लोकमार्ग केन्द्रित अभियान सकाएपछि जनप्रदर्शनको कार्यक्रमलाई सात प्रदेशमा विस्तार गर्ने बताउनु भयो।

उहाँले भन्नुभयो, ‘सम्भवत हामी फागुनमा काठमाडौंमा मानवसागर उतार्छौ‌। त्यसपछाडि यी अराजकतावादी, अपराधि र तस्करहरुलाई सदाको लागि सफा गर्छौं।’