अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्पको ‘इपिसेन्टर’ बारेकोटमा एमाले स्वयंसेवकले सुरू गरे पुनर्स्थापनाको काम

भूकम्पको ‘इपिसेन्टर’ बारेकोटमा एमाले स्वयंसेवकले सुरू गरे पुनर्स्थापनाको काम


जाजरकोट-जाजरकोट भूकम्पको ‘ईपीसेन्टर’ बारेकोटमा नेकपा (एमाले) को स्वयंसेवकको समूहले पुनर्स्थापना र नवनिर्माणको काम सुरू गरेको छ।

भूकम्पको इपिसेन्टर बारेकोटको रामिडाडाबाट आजदेखि भूकम्पले भत्किएका घरहरुको भग्नावशेष हटाउने र नयाँ टहरा बनाउने काम सुरु गरेको हो।

गाउँ कमिटीका अध्यक्ष भक्तबहादुर बस्नेत नेतृत्वमा पार्टीको स्थानीय समुहले आजैदेखि काम सुरु गरेको छ भने राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेश कमिटीको स्वयंसेवक टिम आज त्यहाँ पुग्ने प्रभावित क्षेत्रमा रहेका पार्टी केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो।

नेता आचार्यका अनुसार एमालेले प्रभावित क्षेत्रमा खटाएका ११ सय स्वयंसेवकहरुले जाजरकोटको भेरी, नलगाड, कुशे र बारेकोट तथा रुकुम पश्चिमका आठबिसकोट, चौरजहारी र सानीभेरीका अति जोखिमका बस्तीहरुमा पुनःस्थापना र पुनर्निर्माणका काम गरिरहेका छन्।

प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवकहरुको व्यवस्थापन तथा परिचालनको नेतृत्व केन्द्रीय सदस्य आचार्य र पार्टीको केन्द्रीय विपद व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलले गरिरहनु भएको छ।

आचार्य र पौडेलसहित भूकम्प प्रभावित क्षेत्रमा काममा खटिएका नेताहरु केन्द्रीय कमिटी बैठकमा समेत नआएर पीडितको घाउमा मल्हम लगाउने काम गरिरहनु भएको छ।