अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बर्दियामा आगलागी एकैघरका चारजनाको जलेर मृत्यू

बर्दियामा आगलागी एकैघरका चारजनाको जलेर मृत्यू


बर्दिया- बर्दियाको गुलरिया ४, तुलापुरको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । राती करिब १० बजेतिर आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार चारै जनाको शव अहिले निकाल्ने कोसिस भइरहेको छ । एक जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।
मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा छन् । २८ वर्षकी करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ ।

घेराबारी नजिक रहेको टाइल लगाएको घरमा आगलागी के कारणले भएको हो प्रहरीले अनुसन्धान गरिरहेको छ ।