अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पिकनिक खाएर फर्कँदै गरेकाे स्कुल बस दुर्घटना हुँदा उदयपुरमा तीन जनाको मृत्यु, ३९ जना घाइते

पिकनिक खाएर फर्कँदै गरेकाे स्कुल बस दुर्घटना हुँदा उदयपुरमा तीन जनाको मृत्यु, ३९ जना घाइते


उदयपुर-उदयपुरमा पिकनिक खाएर फर्कँदै गरेकाे स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।

 दुर्घटनामा परी त्रियुगा नगरपालिका-५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा ६ का ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकाश चौधरीको मृत्यु भएको हो ।  

शनिबार उदयपुरगढी गाउँपालिका-७ अधेरी झर्ना नजिकै अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बसमा सवार उनीहरूको ज्यान गएको हो।   

दुर्घटनामा  गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिनुभयो।

बाँकी घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको चौधरीले जानकारी दिनुभयो । स्कुल बस चालकले गाउँको पिकनिकका लागि भाडामा लगेको खुलेको छ।