काठमाडौँ–नेकपा एमाले रौतहटको जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते हुने भएको छ ।
एमाले जिल्ला कमिटी रौतहटको हिजो पार्टी कार्यालय गरुडामा बसेको सचिवालय बैठकले दशौँ जिल्ला अधिवेशन माघ १२ र १३ गते गर्ने निर्णय गरेको हो ।
यस्तै पुस छ गते जिल्ला कमिटीको पूर्ण बैठक आयोजना गर्ने निर्णय भएको जनाइएको छ ।
यस्तै एमालेको झुलाघाट–चिवाभन्ज्यांग यात्रा सफल पार्न क्रियाशील हुने बैठकले निर्णय गरेको छ।
प्रतिक्रिया