अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाजेको खीर पसल खोज्दै कांग्रेस सभापति देउवाको गाउँमै पुग्नुभयो अध्यक्ष ओली (तस्वीरहरू)

बाजेको खीर पसल खोज्दै कांग्रेस सभापति देउवाको गाउँमै पुग्नुभयो अध्यक्ष ओली (तस्वीरहरू)


धनगढी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली ‘झुलाघाट-चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’ अभियानको उद्घाटन गर्ने कार्यक्रमका लागि बैतडीको झुलाघाटतर्फ लाग्नु भएको छ।

भोलि बैतडीको झुलाघाटबाट सुरु हुन लागेको नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा शुभारम्भ गर्न अध्यक्ष ओलीसहित अन्य नेताहरु धनगढीबाट त्यस तर्फ लाग्नु भएको हो।

मंगलबार साँझ बुद्ध एयरको जहाजबाट धनगढी पुग्नुभएका ओली लगायतका एमाले नेताहरू आज त्यस तर्फ लाग्नु भएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरु गोकर्ण विष्ट, लेखराज भट्ट, पद्मा अर्याल, रघुवीर महासेठ, स्थायी कमिटी सदस्यहरु भानुभक्त ढकाल, डाक्टर राजन भट्टराईसहितको टोली मध्यपहाडी (पुष्पलाल) राजमार्गको उद्घाटन गर्न आज धनगढीबाट बैतडीतर्फ लागेको एमाले उपमहासचिव विष्णु रिमालले बताउनुभयो।

झुलाघाट जाने क्रममा गन्यापधुरा, साहुखर्क, डडेलधुरामा ५० वर्षदैखि आगो ननिभेको बाजेको खीर पसलमा अध्यक्ष ओलीसहितका नेताहरुले चिया, खीर र खुवा खाएका यात्रामा सहभागी नेता रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनु भएको छ।

डडेलधुराको गन्यापधुरा-१ मा बाजेको खिर पसल ५० वर्षअघि शेरबहादुर देउवा नामकै स्थानीयले चलाएका थिए। उहाँको निधनपछि छोराले सम्हाल्दै आएका छन् ।

नेकपा एमालेको तीन हप्ता लामो सो अभियान भोलिबाट सुरु हुँदै छ। पूर्वको चिवाभञ्ज्याङ पुगेर टुङ्गिने सो यात्रालाई एमालले समृद्धिको लागि संकल्प यात्राको नाम दिएको छ। 

यात्राको क्रममा मध्यपहाडका नागरिकहरूसँग भेटघाट तथा व्यापक अन्तरक्रिया हुने छन् भने ठाउँ ठाउँमा सभाहरू हुने भएका छन्। पहाडी क्षेत्रका नागरिकका समस्या बुझी समाधानको उपाय खोजी गर्न एमालेले सो यात्रा प्रारम्भ गर्न लागेको हो। 

एमालेले मध्यपहाडी राजमार्ग अन्तरगतका २६ वटा जिल्लाको करीब १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिनसम्म गर्दैछ।