अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुटपिटबाट एकको मृत्यु, सात जना प्रहरी नियन्त्रणमा

कुटपिटबाट एकको मृत्यु, सात जना प्रहरी नियन्त्रणमा


सुदूरपश्चिम-कैलालीको लम्कीचुहा नगरपालिका-९ घोराघाट गाउँमा भएको विवाह समारोहमा अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका २६ वर्षीय मोहन अधिकारीको आज मृत्यु भएको छ।

घोराघाट बस्ने डिल्ली कोइरालाको बिवाहमा सहभागी भएका घोडाघोडी नगरपालिका-२ का अधिकारी गएराति अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले बताउनुभयो।

उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएका अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यसअघि घटनालगत्तै बेहोस अवस्थाका अधिकारीलाई उपचारका लागि लम्की चुहाको लालरत्न अस्पताल र त्यसपछि कोहलपुरको मेडिकल कलेज पुर्‍याइएको थियो।

कुटपिटको घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले लम्कीचुहाका विवेक भुल, विशाल भुल, सन्तोष परियार, गणेश भुल, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्कीसहित सातजनालाई नियन्त्रणमा लिएको छ।