अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको मध्यपहाडी यात्रा सुरु, अध्यक्ष ओलीद्वारा झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन 

एमालेको मध्यपहाडी यात्रा सुरु, अध्यक्ष ओलीद्वारा झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन 


काठमाडौँ–नेकपा एमालेको मध्यपहाडी यात्रा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर अभियानको सुरुवात गर्नुभएको हो । 

अध्यक्ष ओलीले नेपाल–भारतको सीमावर्ती बजार झुलाघाटबाट नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर यात्राको उद्घाटन गर्नुभएको हो । योसँगै एमालेको आजदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभज्याङसम्मको यात्रा सुरु भएको छ । 

अभियानका लागि पार्टी अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, महासचिव शंकर पोखरेलगायतका पार्टी पदाधिकारी र केन्द्रीय नेताहरू बुधबार साँझ बैतडीको सदरमुकाम गोठलापानी पुग्नुभएको थियो ।

पुष्पलाल राजमार्गको रुपमा चिनिने मध्यपहाडी लोकमार्ग १ हजार ८७९ किलोमिटर छ । यात्राका दौरानमा स्थानीय जनता, सरोकारवाला, वृद्धिजीविसँग छलफल हुने एमाले प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानमा ५० लाख जनतासँग साक्षात्कार गर्ने एमालेको योजना छ ।

मध्यपहाडी लोकमार्गले करिब २६ पहाडी जिल्लालाई जोडेको छ ।