अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अमेरिकी पूर्वविदेशमन्त्री किसिन्जरको निधन  

अमेरिकी पूर्वविदेशमन्त्री किसिन्जरको निधन  


काठमाडौँ-अमेरिकाका पूर्व विदेश मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरको निधन भएको छ ।  किसिन्जरको बुधबार कनेक्टिकटस्थित घरमा निधन भएको किसिन्जर एसोसियट्सको विज्ञप्तिमा उल्लेख रहेको सीएनएनमा प्रकाशित समाचारमा उल्लेख छ । 

उनको मृत्युको कारण भने बताइएको छैन । किसिन्जर सन् १९७० को दशकमा अमेरिकी विदेश नीतिको पर्याय थिए । उनले यसअघि नोबेल शान्ति पुरस्कार पनि प्राप्त गरेका थिए ।  उनको जन्म मे २७ १९२३ मा जर्मनीमा भएको थियो । उनका बुबा लुइस किसिन्जर शिक्षक थिए ।  उनी सन् १९४३ देखि १९४९ सम्म अमेरिकी सेनामा समेत थिए । 

जर्मनीमा तानाशाही नाजीहरुसँग जोगिन उनको परिवार सन् १९३८ मा अमेरिकामा गएको थियो । भियतनाम युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।-एजेन्सी