हेटौँडा-मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन् ।
मकवानपुरको मकवानपुरगढी-२ धवाडी पुलमा भएको दुर्घटनामा ३४ वर्षकी रुपा स्याङतान र ४ महिनाकी छोरी घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनामा मोटरसाइकल चालक रुपाका श्रीमान् ३५ वर्षीय भीमबहादुर स्याङतान गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताउनु भयो।
सुकौराबाट कान्तिलोकपथ तर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट १२ मिटर तल खसेको प्रहरीको भनाई छ । स्याङतानलाई थप उपचारको लागि चितवन पठाइएको छ ।
प्रतिक्रिया