अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

थप आठ इजरायली बन्धक मुक्त 

थप आठ इजरायली बन्धक मुक्त 


काठमाडौँ-प्यालेस्टाइनी लडाकु समूह हमाससित युद्धविरामको सातौँ दिन बिहीबार गाजाबाट थप आठ इजरायली बन्धक मुक्त गरिएको छ ।

इजरायलले पनि थप ३० प्यालेस्टाइनी बन्दीलाई जेलबाट रिहा गरेको जनाएको छ ।  युद्धविराम लम्ब्याउनेबारे वार्ता जारी रहेको बीबीसीले उल्लेख गरेको छ ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा एक हजार २०० जनाको मृत्यु भएको थियो । २४० जनालाई बन्धक बनाइएको थियो ।

त्यसयता गाजामा इजरायलको आक्रमणमा करिब ६ हजार बालबालिकासहित १४ हजार ८०० भन्दा बढी मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।-एजेन्सी