अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार कमजोर हुँदा प्रतिगामी तत्त्व सल्बलाए: अध्यक्ष ओली

सरकार कमजोर हुँदा प्रतिगामी तत्त्व सल्बलाए: अध्यक्ष ओली


डडेल्धुरानेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कमजोर हुँदा प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेकाले सचेत हुन सबैमा आग्रह गर्नुभएको छ। 

मध्यपहाडी लोकमार्ग पदयात्राको दोस्रो दिन आज शुक्रबार डडेलधुरामा आयोजित सभामा उहाँले सो आग्रह गर्नुभएको हो। सो क्रममा उहाँले सरकारको कामप्रति गुनासो गर्नुभयो । 

एमाले सरकारबाट हटाइएपछि त्यस यताको अढाइ वर्षमा देशको राजनीति अस्थिरता अन्यौल, अराजकताको क्रमबाट गुज्रिरहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘सरकार कमजोर हुँदा कतिपय प्रतिगामी शक्तिहरु टाउको उठाउन खोजिरहेका छन्। देशको कुभलो चाहनेहरु, नेपाली जनताको एकता देख्न नसक्नेहरु, देशमा शान्ति सुव्यवस्था भएको देख्न नचाहनेहरु नेपाली जनताका बिचमा वैमनष्यता, झैझगडा लगाउन खोजिरहेका छन्।’ 

देशको अर्थतन्त्र ओरालो लागेकाले कर्मचारी, सेना प्रहरीलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाउनु परेको अवस्था रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘विकासको लहर एमालेको सरकार हुँदा जुन थियो, त्यो अहिले रोकिएको छ । ठप्प भएको छ।’

उद्योग खोल्न नसकेर भएका उद्योग पनि बन्द हुँदै गएको बताउनु भयो । उहाँले भन्नभयो, ‘कृषि आधुनिकीकरणको काम हामीले जुन अघि लगेर गएका थियौं, त्यो ठप्प छ। प्रतिगामी तत्वहरु मरेको राजतन्त्र ल्याउँछु भनेर कुदेका छन्। नेपाली जनता सजक रहनुपर्छ ।’ जनताको समस्या पहिचान गर्न र समस्या सम्बोधनका लागि एमालेले मध्यपहाडी लोकमार्ग अभियान सुरु गरेको उहाँले प्रष्ट पार्नुभयो ।