रुकुमपश्चिम-‘पुनर्निर्माणका लागि श्रमदान’ भन्ने अभियान लिएर भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएको नेकपा (एमाले)ले रुकुमपश्चिममा २१५ वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको छ।
जिल्लाको आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी र बाँफिकोट गाउँपालिकामा एमालेले यी अस्थायी आवास बनाएको हो।
पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाका अनुसार हालसम्ममा तीनसय स्वयंसेवक परिचालन गरी अस्थायी आवास बनाइएको छ।
अध्यक्ष देवकोटाका अनुसार भूकम्प प्रभावित क्षेत्रमा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशबाट २५० जना एमालेलेका स्वयंसेवक र जिल्लाका ५० जना गरी तीनसय जना स्वयंसेवक अस्थायी आवास निर्माणका लागि परिचालन भएका छन्।
उहाँका अनुसार जिल्लाभर १५ टिम परिचालित छन् । परिचालन भएको समूहले आठबीसकोट नगरपालिका–११ मा ३३, वडा १२ मा ३८ र वडा १४ मा ३८ वटा एकसय ९ वटा अस्थायी आवास निर्माण गरेको छ। त्यस्तै, सानीभेरी गाउँपालिका वडा ४ मा १५, वडा ११ मा ८ र वडा १ मा १९ गरी ४२ अस्थायी आवास निर्माण गरेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो।
त्यस्तै, चौरजहारी नगरपालिका वडा १०, ११, १२, १३ र १४ मा गरी ५१ र बाँफिकोटमा गाउँपालिकामा आठ वटा गरी जिल्लाभर जम्मा २१५ वटा अस्थायी आवास निर्माण गरिएको हो।
त्यसैगरी एमालेले २६ वटा अस्थायी सिकाइ केन्द्र र आठ वटा अस्थायी शौचालय निर्माण गरेको जनाएको छ। हालसम्म १६२ वटा भग्नावशेष भवन व्यवस्थापन गरिएको छ ।
प्रतिक्रिया