अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राकम कर्णाली आमसभामा १० हजार सहभागी गराउने दैलेख एमालेको तयारी

राकम कर्णाली आमसभामा १० हजार सहभागी गराउने दैलेख एमालेको तयारी


दैलेख-नेकपा एमाले दैलेख जिल्ला कमिटिले कर्णालीको राकम कर्णालीमा हुने आमसभामा दश हजार जनता उतार्ने तयारी गरेको जनाएको छ।

बिहिबार बैतडीको झुलाघाटबो शुरु भएको ‘झुलाघाट-चिवाभञ्ज्याङ्ग संकल्प यात्रा’को अभियान दैलेख  दैलेखको आठबीस नगरपालिकाको राकम कर्णालीमा आइतबार बृहत् आमसभाको तयारी गरेको छ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने उक्त आमसभामा एमालेले बृहत् देउडा खेलसमेत खेलाउने तयारी गरेको एमाले आठबीस नगर कमिटिका अध्यक्ष अमरबहादुर माझीले जानकारी दिनुभयो।

एमाले आठबीस नगर कमिटिका अध्यक्ष अमरबहादुर माझीका अनुसार आमसभामा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख आकर्षण रहनु हुनेछ भने देउडा खेल दोश्रो आकर्षणको रुपमा आयोजना गरिने छ।

कर्णाली प्रदेशको कालीकोट जिल्ला र दैलेखको पश्चिम क्षेत्रमा देउडा खेल भनेपछि हुरुक्कै हुने जनमानस बढी भएका कारण आमसभामा आएका जनमासलाई एमालेका विचार र नीतिका बारेमा बुझाउन एमालेले देउडा खेल खेलाउन लागेको हो।

आमसभामा कालिकोटका चर्चित खेलाउडा पुष्पराज आचार्य र बिपना सिंहको दमदार प्रस्तुति हुनेछ। आमसभामा देउडा खेलका अलावा स्थानीय झाँकी अन्र्तगत मारुनी नाच, पञ्चेवाजा, हुड्के नाच, श्रम नाच देखाईने अध्यक्ष माझीले बताउनु भयो ।

‘हामीले १७ गते मध्यपहाडी राजमार्गको अछाम दैलेख जोडने कर्णाली पुलमा पार्टी अध्यक्षलगायत अभियान टोलीलाई स्वागत गर्ने तयारी गरेका छौं। त्यसका लागि व्यानर राख्ने, स्वागतद्वार बनाउने कार्य भइरहेको छ। नेकपा एमालेका स्थायी कमिटि सदस्य यामलाल कंडेल ज्यूको नेतृत्वमा आमसभा तयारी तीव्र रुपमा भइरहेको छ’ अध्यक्ष माझीले भन्नुभयो, ‘हामीले आमसभा बाख्रेकोट बजार भन्दा तल रहेको नयाँ शहर आयोजनाको प्लानिङ क्षेत्र रोजेका छौं । एमाले जिल्ला कमिटि सदस्य दिपेन्द्रराज खनालको नेतृत्वमा मञ्च व्यवस्थापनको कार्य भइरहेको छ।’

उहाँले आमसभामा कम्तिमा पनि दश हजार जनता सहभागि हुने बताउनुभयो। ‘हामीले उक्त आमसभामा कम्तिमा पनि दश हजार जनता सहभागि हुने अपेक्षा राखेका छौं । उक्त आमसभामा दैलेखका अलावा अछामबाट पनि एमाले सर्मथकहरु सहभागि हुनेछन्’ उहाँले भन्नभयो, ‘त्यसैको तयारी तीव्र रुपमा गर्दै आएका छौं।’