अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विधानसभा चुनाव : तीन राज्यमा भाजपा र एउटामा  कांग्रेस विजयी 

विधानसभा चुनाव : तीन राज्यमा भाजपा र एउटामा  कांग्रेस विजयी 


काठमाडाैँ-छत्तीसगढ, मध्य प्रदेश, राजस्थान र तेलंगानामा भएको विधानसभा चुनावको मतगणना सकिएको छ । जसमध्ये तीन राज्यमा भाजपा विजयी भएको छ भने एउटा राज्य कांग्रेसको हातमा पुगेको छ ।

छत्तीसगढमा सत्तारुढ दल कांग्रेसलाई पछि पार्दै भाजपाले ५४ सिट जितेको छ । राजस्थानमा पनि भाजपाले कांग्रेसलाई १ सय १५ सिट जितेर पराजित गरेको छ । कांग्रेसले त्यहाँ ६९ सिट पाएको छ ।

जहाँ मध्य प्रदेशमा भाजपाले फेरि सरकार कायम राख्न सफल भएको छ । पार्टीले १६३ सिट जित्यो । जबकि कांग्रेसले ६६ सिट जितेको छ ।

तेलंगानामा कांग्रेसले बीआरएसलाई पछि पार्दै ६४ सिट जितेको छ । जहाँ बीआरएसले ३९ सिट, भाजपाले ८ सिट र असदुद्दीन ओवैसीको एआईएमआईएमले ७ सिट प्राप्त गरेको छ ।