अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर


बागलुङ-बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ। मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिनुभयो।

'यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो', कँडेलले भन्नुभयो, 'हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ। चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ।' हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताउनुभयो।