अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्वयंसेवक टोलीले निकालिदियो कांग्रेस जाजरकोटका उपसचिवको घरका पुरिएका सामान

एमाले स्वयंसेवक टोलीले निकालिदियो कांग्रेस जाजरकोटका उपसचिवको घरका पुरिएका सामान


जाजरकोट -जाजरकोट भूकम्पबाटबाट क्षति भएका संरचना व्यवस्थापन र अस्थायी आवासको घर-टहरा निर्माण गर्ने काममा नेकपा एमाले र जनसंगठनका स्वयंसेवक निरन्तर खटिरहेका छन्। सोही क्रममा नेकपा एमालेको वाग्मती प्रदेश बी–१ टिमले भूकम्पले क्षति भएको नेपाली कांग्रेस जाजरकोटका उपसचिव छवि पन्तको भत्किएको घरको संरचना हटाई सामान निकालेको छ। 

पन्तको भेरी–३ स्थित घर भूकम्पले भत्काएपछि सामान निकाल्न सक्नु भएको थिएन। घरभित्र रहेका सामान भग्नावशेषमा पुरिएका थिए। एमालेको स्वयंसेवक टोलीले सामान निकालेर पन्त सहित उहाँको परिवारलाई हस्तान्तरण गरेको छ।