अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीलाई वीरेन्द्रनगर नगरपालिकाको अभिनन्दन

अध्यक्ष ओलीलाई वीरेन्द्रनगर नगरपालिकाको अभिनन्दन


सुर्खेत -मध्यपहाडी यात्रामा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अभिनन्दन गरेको छ ।
प्रशिद्ध पर्यटकीय स्थल काँक्रेबिहारमा नगरप्रमुख माहनमाया ढकालले अध्यक्ष ओलीलाई नगरपालिकाका तर्फबाट अभिनन्दन गर्नुभएको हो । अभिनन्दनमा पत्रमा समृद्ध नेपाल,सुखी नेपालीका प्रणेताका रुपमा रहेका पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीलाई वीरेन्द्रनगर नगरपालिकाले अभिनन्दन गरेको उल्लेख गरिएको छ ।

नगरपालिकाले गरेको अभिनन्दनमा लेखिएको छ ‘तपाईं नेकपा एमालेका श्रद्धेय अध्यक्ष,नेपाल सरकारका पूर्व प्रधानमन्त्री एवम् समृद्ध नेपाल,सुखी नेपालीका प्रणेता केपी शर्मा ओलीज्यूको नेतृत्वमा बैतडीको झुलाघाट देखि पाँचथरको चिवाभञ्ज्याङ्सम्म मुलुकको समृद्धिको लागि सङ्कल्प यात्रा तय गरी मध्यपहाडी पुष्पलाल लोकमार्गको पदयात्रामा रहनु भएकाले सो यात्राको पूर्ण सफलताको हार्दिक शुभकामना सहित वीेरेन्द्रनगर नगरपालिकाको तर्फबाट तपाईंलाई हार्दिक अभिनन्दन गर्दछौं ।’
अभिन्दन पत्रमा प्रमुख ढकाल र उपप्रमुख निलकण्ठ खनालले हस्ताक्षर गर्नुभएको छ ।
प्रमुख ढकालले काँक्रेबिहारमा भइरहेको काम र यस क्षेत्रलाई अन्तरष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा अघि बढाउन नगरपालिकाले गरेको प्रयासका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो । अध्यक्ष ओलीले काँक्रेबिहारको निरीक्षण र यसको पौराणिक र पर्यटकीय महत्वका बारेमा स्थानीयबासीसँग संक्षिप्त अन्तरक्रिया गर्नुभएको थियो । काँक्रेबिहारमा थारु समुदायको साँस्कृतिक प्रष्तुतीहरु पनि गरिएको थियो ।