अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दलित समुदायको तथ्यांकको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दलित समुदायको तथ्यांकको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाडौँ–राष्ट्रिय तथ्यांक कार्यालय र राष्ट्रिय सरोकार नागरिक अभियानले  राष्ट्रिय जनगणना २०७८ मा दलित समुदायको तथ्यांकको विषय अन्तरक्रिया कार्यक्रम गरेको छ । 

कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयको तर्फबाट राष्ट्रिय जनगणना २०७८ मा दलित समुदायको तथ्याङ्क विषयमा कार्यपत्र प्रस्तुति गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायाले राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै प्रकारका तथ्याङ्कहरुको विश्लेषण गरेर  करिब २० वटा थिमेटिक रिर्पोट प्रकाशन गर्ने तयारीमा लागेको जानकारी दिनुभयो । उहाँले जनगणनामा समेटिएको सबै जाति र समुदायको वास्तविक तथ्याङ्क चाँडै नै सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सचिव रायाले विभिन्न संवैधानिक अयोगहरूले जातजातिको विवरण उपलब्ध गराउने बित्तिकै राष्ट्रिय तथ्याङ्क कार्यालयले दलित समुदायको तथ्याङ्क सार्वजनिक गर्ने बताउनुभयो । 

कार्यक्रममा संघीय सांसदहरू हर्कमाया विश्वकर्मा, रणेन्द्र बराइली, सिता मिजार, रुक्मिणी राना बराइली  बागमती प्रदेशसभा सदस्य बालकुमारी विकको सहभागिता थियो । यसैगरी संविधानसभा सदस्य एवं पूर्वमन्त्री जीतु गौतम,पर्शुराम रम्तेल लगायत सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका पूर्व सदस्यहरु, पूर्व राजदूत लगायत दलित  समुदायका विभिन्न संस्थामा कार्यरत नेताहरु र सञ्चारकर्मीहरुको उपस्थिति थियो । राष्ट्रिय तथ्याङ्क कार्यालयको तर्फबाट उपप्रमुख तथ्याङ्क अधिकारी हेमराज रेग्मी,निर्देशक ढुण्डिराज लामिछाने लगायतले सहभागीहरुको जिज्ञासाहरुको जवाफ दिनुभएको थियो ।